काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र गाँउपालीका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको छ ।
गैरकानूनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा पर्साको छिपहरमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह, अध्यक्ष मनोज कुमार र विज्ञापन एजेन्सी के.एस.मल्टिपर्पोज प्रा.लि.का सञ्चालकसमेत ४ जना विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
यस्तै गाउँपालिकामा कार्यरत तत्कालीन लेखापाल सञ्जय पटेल र विज्ञापन एजेन्सी के.एस.मल्टिपर्पोज प्रा.लि.का सञ्चालक कमल कुमार उपाध्यायविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।









