२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि मन्त्री परियारले फेरे पशु सेवा विभागका महानिर्देशक

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले पशु सेवा विभागका महानिर्देशक पनि फेरेका छन् । खानेपानी मन्त्रीको समेत जिम्मेवारी पाएको तेस्रो दिनमै १० जना सहसचिवको हेरफेर गरिसकेका मन्त्री परियारले विभागका महानिर्देशक डा. रामनन्दन तिवारीलाई हटाएर केही समयअघि मात्रै प्रदेशबाट फर्किएका डा. उमेश दाहाललाई पुन: जिम्मेवारी दिएका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका दुई विभाग-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका तत्कालीन महानिर्देशक संजीव कुमार कर्ण र पशु सेवा विभागका तत्कालीन महानिर्देशक डा. उमेश दाहालले २१ दिनसम्म पनि रमाना लिएका थिएनन् । जसबारे प्रशासन डटकमले फलोअप समाचार नै प्रकाशन गरेको थियो ।

२०८१ फागुनको दोस्रो साता सरकारले गरेको ७८ जना सहसचिवको सरुवाअन्तर्गत दर्जनौँ सहसचिवहरूलाई प्रदेश मन्त्रालयमा पठाइँदा कर्णलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, लुम्बिनी प्रदेश र दाहाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मधेस प्रदेशमा सरुवा गरिएको थियो । तर मन्त्रिपरिषद्को निर्णय मात्र होइन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी गरिएका दुईवटा परिपत्रलाई समेत ती दुवै महानिर्देशकले बेवास्ता गर्दै प्रदेश जान अटेरी गरेका थिए ।

विगतका सरकारहरू नयाँ सरकार बनेसँगै कर्मचारी सरुवाबाट काम सुरु गर्ने गरेको भन्दै आलोचना हुँदै आएको अवस्थामा अहिलेको छ महिने चुनावी सरकारबाट समेत त्यही अभ्यास दोहोरिँदा जेन जेड आन्दोलनको मर्ममाथि नै प्रहार भएको कर्मचारीहरू बताउँछन् । गल्ती गर्ने कर्मचारीलाई कारबाही गर्नुको साटो सरुवामार्फत पन्छिने र व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रवृत्ति हट्न नसक्नु दु:खद भएको अधिकारीहरूको भनाइ छ ।

यसैगरी पशु सेवा विभागको क्वारेन्टाइन महाशाखाका प्रमुख डा. सुजन रानालाई भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाको प्रमुख र सहसचिव डा. शरण कुमार पाण्डेलाई मन्त्रालयमा पदस्थापन गरिएको बताइएको छ ।

पछिल्लो समय कृषि तथा पशुपन्छी मन्त्री तथा खानेपानी मन्त्रालयकोसमेत अतिरिक्त जिम्मेवारी सम्हालेका डा. परियार कर्मचारीको सरुवाका कारण कर्मचारीवृत्तमा आलोचित बनेका छन् ।