काठमाडौँ । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २.०७ अंकले घटेर २६३३.८७ विन्दुमा पुगेको हो।
प्रि-ओपन सेसनमा ४८ वटा स्क्रिप्सको ४३ हजार ६१४ कित्ता २ करोड ४६ लाख ८५ लाख ८३९ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये १५ वटा स्टक्सको मूल्य बढ्दा ३१ वटाको घटेको छ। बाँकी २ स्टक्सको मूल्य भने स्थिर रहेको छ ।







