२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ‘आनन्द वाटर’ बजारबाट फिर्ता गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड पूरा नगरेको ठहर गर्दै ‘आनन्द वाटर’ ब्रान्डको प्रशोधित पिउने पानी तत्काल बजारबाट फिर्ता  गर्न निर्देशन दिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको नमुनाको प्रयोगशाला परीक्षण गर्दा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार न्यून स्तरको पाइएकाले उक्त उत्पादन फिर्ता गर्न आदेश जारी गरेको जनाएको छ।

विभागका अनुसार आनन्द वाटर ब्रान्डअन्तर्गत २० लिटर जारमा प्याक गरिएको प्रशोधित पिउने पानी (ब्याच नं. ६१), उत्पादन मिति नोभेम्बर २०२५ र उपभोग्य अवधि तीन महिनासम्म रहेको उत्पादन गुणस्तर मापदण्डमा नपरेको ठहर गरिएको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम उक्त ब्याच नम्बरका सबै खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता गर्न र  बिक्री–वितरण नगर्न तथा नगराउन विभागीय निर्णयअनुसार आदेश जारी गरिएको विभागले स्पष्ट पारेको छ।

उक्त उत्पादन बर्दिया जिल्लाको गुलरिया-५ मा रहेको आनन्द ड्रिंकिङ वाटर उद्योगबाट उत्पादन गरिएको हो। विभागले उपभोक्तालाई सो उत्पादन उपभोग नगर्न आग्रह गर्दै सरोकारवाला निकाय तथा व्यवसायीलाई आदेश कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको छ।

यसैबीच, पछिल्लो समय मन्त्रालयले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न सचेतना अभिवृद्धि, नियमित बजार अनुगमन तथा कानुनी कारबाहीलाई तीव्रता दिएको जनाएको छ। यसबाट उपभोक्ताले शुद्ध र सुरक्षित उपभोग्य वस्तु उपभोग गर्न पाउने अधिकार सुनिश्चित हुँदै गएको मात्र होइन, स्वच्छ, जिम्मेवार र भरोसायोग्य बजार प्रवर्द्धनमा समेत योगदान पुगेको मन्त्रालयको भनाइ छ।