२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक सचेतनासम्बन्धी बृहत् सांस्कृतिक कार्यक्रम आयोजना

अ+ अ-

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित ट्राफिक प्रहरी प्रभाग कलंकीले आज काठमाडौँको कलंकी क्षेत्रमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । सवारी दुर्घटना न्यूनीकरण विशेष महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा ट्राफिक सचेतनालाई केन्द्रमा राखी विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

कलंकी चोक नजिक आयोजित कार्यक्रममा लोकगीत, दोहोरी तथा देउडा गीतमार्फत ट्राफिक नियम पालना, सुरक्षित सवारी सञ्चालन र पैदलयात्रुको जिम्मेवारीबारे सन्देश प्रवाह गरिएको थियो । चर्चित लोक तथा दोहोरी गायक–गायिकाहरूले आफ्ना प्रस्तुति राख्दा दर्शकको उल्लेख्य उपस्थिति थियो । 

विशेषगरी लोकगायक पशुपति शर्माले प्रस्तुत गरेको ट्राफिक सचेतनासम्बन्धी गीतले दर्शकको ध्यान तानेको थियो भने गीतमार्फत दिएको सन्देशलाई दर्शकले सकारात्मक रूपमा ग्रहण गरेको विश्वास गरिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ईश्वर कार्कीले सवारी दुर्घटना न्यूनीकरण विशेष महाअभियान तथा ट्राफिक सप्ताह-२०८२ नागरिकको ज्यानको सुरक्षा र सवारी दुर्घटना न्यून गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको बताए । 

उनले सवारी दुर्घटना न्यूनीकरण प्रहरीको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गरे । उनले भने, “जेनजी आन्दोलनपछि हाम्रा भवन तथा संरचनाहरू ध्वस्त भए पनि हामी नागरिकको सुरक्षाका लागि पुनः सडकमा खटिएका छौँ । हाम्रो प्रमुख उद्देश्य सवारी दुर्घटना न्यूनीकरण गर्नु र नागरिकको अमूल्य ज्यान जोगाउनु हो । यसका लागि सबैको साथ, सहयोग र सचेतना आवश्यक छ ।”

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी दुर्घटना अन्त्य गर्ने लक्ष्यसहित ट्राफिक सप्ताह-२०८२ आयोजना गरिएको जानकारी दिए । उनले सवारी चालकसँगै पैदल यात्रुले पनि ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “हाम्रो चाहना सवारी दुर्घटना शून्य बनाउने हो । त्यसका लागि सवारी चालक मात्र होइन, पैदल यात्रुले पनि ट्राफिक नियमको पूर्ण पालना गर्न आवश्यक छ । सडक सबैको साझा सम्पत्ति भएकाले यसको प्रयोग जिम्मेवारीपूर्वक गर्नुपर्छ । सानो लापर्वाहीले ठुलो दुर्घटना निम्त्याउन सक्छ ।”

कार्यक्रममार्फत ट्राफिक नियम पालनाको महत्त्व, हेल्मेट र सिट बेल्टको प्रयोग, मदिरा सेवन गरी सवारी नचलाउनुपर्ने, जेब्रा क्रसिङको प्रयोग तथा सुरक्षित गतिमा सवारी चलाउनुपर्ने विषयमा जनचेतना अभिवृद्धि गरिएको थियो । 

सांस्कृतिक कार्यक्रमलाई जनस्तरमा ट्राफिक सचेतना फैलाउने प्रभावकारी माध्यमका रूपमा प्रयोग गरिएको ट्राफिक प्रहरीले जनाएको छ । कार्यक्रममा विभिन्न जनप्रतिनिधि, नागरिक समाजका अगुवा, यातायात व्यवसायी, सवारी चालक तथा सहचालक, ट्राफिक तथा जनपथ प्रहरीको उल्लेख्य सहभागिता रहेको थियो ।