२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन प्रहरीमा आज दरखास्त दिने अन्तिम दिन, कतिले दिए आवेदन ?

अ+ अ-

काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिने निर्वाचन प्रहरीमा ६ दिनमा १ लाख ६० हजार बढीले दरखास्त दिएका छन् ।

२५ पुसबाट निर्वाचन प्रहरी भर्नाको आवेदन खुलाइएकामा बुधबारसम्म १ लाख ६० हजार २ सय ३९ जनाको आवेदन परेको हो । आवेदन दिने म्याद बिहीबार (आज अन्तिम हो ।

२१ फागुनका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ नेपाल प्रहरी मातहत खटिने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत परिचालन हुने गरी १५ हजार १ सय १० जनाका लागि आवेदन खुलाइएको थियो । नेपाल प्रहरीले आफ्ना जिल्लास्थित प्रहरी कार्यालय र सशस्त्रले जिल्लाकै गणरगुल्मबाट भर्ना खुलाएका थियो ।

जसमा नेपाल प्रहरीमार्फत एक लाख ४७ हजार ९ सय ८८ र सशस्त्र प्रहरीमार्फत १२ हजार २ सय ५१ जना छन् । प्रहरीमार्फत आवेदन दिनेमध्ये विगतका निर्वाचनमा म्यादी प्रहरी भएर खटिने २१ हजार ७ सय ३६ र सशस्त्र मार्फत आवेदन दिनेमा ९ सय ३७ म्यादी प्रहरी छन् । ३९ हजार ९ सय १ महिलाको आवेदन परेको छ ।

बाँकी पुरुष आवेदक छन् । बिहीबार रातीसम्म आवेदन दिने कूल संख्या तय हुने र त्यसपछि छनोट प्रक्रिया अघि बढाइने दुबै प्रहरी प्रधान कार्यालयले जनाएका छन् । प्रहरीका अनुसार विगतका निर्वाचनको तुलनामा यसपटक म्यादीमा तुलनात्मक कम आवेदन परेको छ । २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न आवेदन खुलाइएकामा दोब्बर अर्थात् २ लाख ३२ हजार ८८ जनाको दरखास्त परेको थियो ।

त्यसअघि २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन सुरक्षामा पनि करिब १ लाख म्यादी प्रहरी भर्नाको आवेदन खुलाइएकामा माग भन्दा तेब्बर बढी अर्थात् करिब ३ लाखको दरखास्त परेको थियो । तर, यो पटकको निर्वाचनमा भने माग भन्दा केही बढीको मात्रै आवेदन परेको छ । आवेदनको अनुपात हेर्दा यो पटक करिब २ लाख हाराहारीमा आवेदन पर्न सक्ने विश्लेषण सुरक्षा अधिकारीहरूको छ । यो अनुसार दरखास्त परेमा तोकिएका मापदण्डअनुसार छनोट गरिने छ ।