२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । 

आज बिहान भएको भेटका क्रममा तामाङ समुदायको जनसङ्ख्या, संस्कृति, आर्थिक-सामाजिक अवस्थालगायत विषयमा चर्चा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । 

घेदुङले यही माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौँमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरिएको उनले बताए । 

घेदुङका पदाधिकारीहरूले तामाङ समुदायको जनसङ्ख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण १७ लाख हाराहारी मात्र देखिएकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले हालको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताइन् ।

“मुलुक चुनावमा होमिएको छ । यो चुनाव सामान्य अवस्थाको नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातिर लैजाने चुनाव हो”, उनले भनिन्, “भदौ २३ र २४ गतेलाई दिमागमा राखौँ । अब बारम्बार यो अवस्था दोहोरिनुहुँदैन । युवाको आकांक्षाअनुरुप हामी चल्नुपर्छ । तपाईँहरू पनि आउँदो चुनावमा नयाँ, युवा र इमानदार सांसद जिताएर संसदमा पठाउनुहोस् ।”

प्रधानमन्त्री कार्कीले पुरानो मानसिकता, सोच र शैलीले अब देश नचल्ने भन्दै युवाको भावनाअनुसार शासन सञ्चालन गर्न युवा र इमानदार व्यक्ति नेतृत्वमा आउनुपर्नेमा जोड दिएको प्रेस सल्लाहकार रावलले बताए । 

प्रधानमन्त्री कार्कीले चुनावमा अनावश्यक चलखेल र गतिविधि हुन नदिन अब समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने धारणा राखे । “भ्रष्टाचार अन्त्य गर्ने हो भने त्यसविरुद्ध चुनावबाटै पहल हुनुपर्छ । मतदाता पनि यसमा चनाखो बन्नुपर्छ । अब विगतमा जस्तो चुनावमा हुने गलत अभ्यास र प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ”, प्रधानमन्त्रीको भनाइ थियो ।