काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नेकपा सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् ।
निर्वाचनको माहोल बन्दै गइरहेको भन्दै उनले यस्तो दाबी गरेका हुन् । पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा आफूहरू धमाधम टिकट बाँडिरहेको बताएका छन्।
उनले भने, ‘चुनावको माहोल बन्दै छ। हामीले सर्वसम्मत टिकट दिएर पठाइरहेका छौँ। सबैभन्दा ठुलो पार्टी त बन्छ नै। बहुमत पुर्याउन सकिन्छ कि भनेर कोसिस गरिरहेका छौँ।’







