काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले जुम्लामा नरेश भण्डारीलाई उम्मेदवार बनाएको छ।
आज संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’,सहसंयोजक माधव नेपालले भण्डारीलाई टिकट थमाएका हुन्।
उनले लेखेका छन्, ‘यस महत्त्वपूर्ण जिम्मेवारीका लागि देशभरिका पार्टी समर्थक तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।’
त्यहाँ गएको निर्वाचनमा राप्रपाका ज्ञानेन्द्र शाही विजयी हुँदा माओवादी दोस्रो भएको थियो।







