२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

अ+ अ-

कर्णाली । यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह महोत्सव’ शनिबार सम्पन्न भएको छ । कर्णालीका मौरपालक तथा स्थानीय परम्परागत (रैथाने)बाली उत्पादक किसानले तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा आफ्ना उत्पादनहरूलाई प्रदर्शनीमार्फत बिक्री वितरण पनि गरेका छन् ।

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ का अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, कृषि विकास निर्देशनालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्था लिबर्डसहितका दर्जन बढी संस्थाको समन्वयमा नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेश सुर्खेतद्वारा वीरेन्द्रनगरमा आयोजित ‘दोस्रो प्रादेशिक मह महोत्सव’ले व्यवसायी एवं किसानलाई आआफ्नो उद्यम, व्यवसाय तथा कर्ममा लाग्न उत्साहित गरेको कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुरर रोकाले बताए ।

उनले भने, “महोत्सवले व्यापार व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्‍याउनुका साथै यसले कारोबार पनि त्यत्तिकै बढाएको छ ।” प्रजातीय, पर्यावरणीय र जैविक विविधता प्रवर्द्धन गर्नमा महोत्सवको महत्त्वपूर्ण भूमिका रहेको भन्दै निर्देशक रोकायले कर्णाली जैविक विविधतायुक्त प्रदेश भएकाले यसको संरक्षण तथा संवर्द्धनमा सबैको उत्तिकै योगदान हुने धारणा व्यक्त गरे ।

नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेश अध्यक्ष लिलारम ढकालले महोत्सवमा चार क्विन्टल ७६ केजी मह बिक्री भएको बताए । यतिबेला रु १० लाखको बिक्री वितरण भएको बताउँदै मौरीपालक किसानलाई प्रोत्साहित, व्यवसाय प्रवर्द्धन, मह उत्पादनमा वृद्धि, बजारीकरण र प्रचारप्रसारलाई व्यापक बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘दोस्रो प्रादेशिक मह महोत्सव’बाट राम्रो सन्देश प्रवाह भएको जनाए ।

महोत्सवमा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जैविक विविधता संरक्षणबाट मात्र मानव अस्तित्व रक्षा पछिल्लो समयमा मानव गतिविधिका कारण जैविक विविधता नास हुँदै गइरहेको बताए ।

कर्णाली प्रदेश सरकारका कृषि विकास रणनीति बनाएर पर्यावरणीय कृषि प्रणालीमा जोड दिएको बताएका उनले महोत्सव सञ्चालनले जैविक विविधता संरक्षणमा सहयोग पुग्ने बताए । उनका अनुसार जैविक विविधता कायममा मौरीको महत्त्वपूर्ण भूमिका भएकाले प्रकृति जोगाउन मौरी संरक्षण पनि त्यत्तिकै अपरिहार्य रहेको छ ।

महोत्सवमा सरकार ज्ञान, प्रविधि र बजार दिन तयार रहेको भन्दै उनले हाम्रो उत्पादनलाई विश्वबजारमा पुर्‍याएर अर्थोपार्जनका लागि आफ्नो लगानी गर्न मौरीपालक व्यवसायीहरूलाई उनले अनुरोध गरे । मानवीय असंवेदनशील गतिविधिका कारण जैविक विविधतामाथि भएको प्रहार रोक्नुपर्नेमा उनले जोड दिए ।

महोत्सवमा मह, रैथाने अन्नबाली, त्यसका उत्कृष्ट परिकारलाई स्टलमार्फत उत्कृष्टता हासिल गर्ने किसान, व्यवसायी तथा संस्थालाई पुरस्कृत एवं सम्मान गरिएको थियो । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड)लाई स्थानीय कृषि जैविक विविधता, परम्परागत ज्ञान र नवप्रवर्तनलाई सिर्जनात्मक एवं प्रभावकारी ढङ्गले प्रदर्शनीकक्षमार्फत प्रस्तुत गरी उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उत्कृष्ट स्टलको उपाधिबाट सम्मान गरिएको थियो ।

उक्त महोत्सवमा स्थानीय कलाकार तथा राउटे समुदायका नागरिकले पनि एकल गीत, दोहोरीसहित सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा करिब १० हजारले अवलोकन गरेको आयोजकले जनाएको छ ।