२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौथो म:म महोत्सव सुरु

अ+ अ-

नेपालगन्ज (बाँके) । विभिन्न दुई सय प्रकारका म:मको स्वाद प्राप्त गर्नेगरी यहाँ ‘म:म फेस्टिबल’को चौथो संस्करण सुरु गरिएको छ ।

नेपालगन्जमा रहेको सिद्धार्थ कटेजले सुरु गरेको तीनदिने म:म महोत्सवको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यस्ता महोत्सवले नेपालगन्जको आर्थिक कारोबार चलायमान हुने विश्वास व्यक्त गरे । 

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख केशव न्यौपानेले महोत्सव नाफामुखी नभई स्वादको सहर नेपालगन्जलाई देशभर ब्रान्डिङको उद्देश्य राखिएर सुरु गरिएको जानकारी दिए । अङ्ग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा सुरु गरिएको महोत्सवलाई आगामी वर्षदेखि नेपालगन्जको साझा आयोजनाका रूपमा अगाडि बढाउने लक्ष्य लिइएको उनको भनाइ छ ।

पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख न्यौपानेका अनुसार आज सांस्कृतिक कार्यक्रमसँगै म:म मेकिङ एन्ड कुकिङ प्रतियोगिता पनि आयोजना गरिने बताए। सो महोत्सवमा दुई सयभन्दा बढी प्रकारका म:म सहभागी गराइएको सिद्धार्थ ग्रुपका हेड अफ सेफ एलबी कौशलले जानकारी दिए। स्थानीय स्वादसँगै नयाँनयाँ फ्लेवरका म:मले महोत्सवलाई विशेष बनाएको उनको भनाइ छ । कौशलले अकबरे खुर्सानी, कोदो, फापर तरुललगायत दुई सय प्रकारका म:म महोत्सवमा प्राप्त हुने बताए।

महोत्सवको अन्तिम दिन सोमबार, राष्ट्रिय तथा स्थानीय ब्यान्डहरूको प्रस्तुति रहने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारको नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ । स्वादको सहर मानिएको नेपालगन्जमा शनिबारदेखि सुरु भएको म:म महोत्सवले खाद्य पर्यटनलाई थप उचाइ दिने अपेक्षा गरिएको छ ।

कटेजले २०८० सालदेखि निरन्तर रूपमा सो महोत्सव आयोजना गर्दै आएको थियो । सिद्धार्थ ग्रुपअन्तर्गत नेपालगन्जको चारतारे लक्जरी होटल सिद्धार्थसहित देशभर ३३ वटा होटल, रिसोर्ट, रेष्टुरेन्ट तथा क्याफे सञ्चालनमा छन् ।