काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले दिएको राजीनामा महानगरको कार्यपालिका बैठकमा प्रस्तुत गरिएको छ ।
उनले दिएको राजीनामा पत्रपछि धन्यवाद ज्ञापन गर्न उपमेयर तथा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा ४६औँ नगर कार्यपालिकाको बैठक बसेको थियो ।
बैठकको मुख्य प्रस्ताव मेयर साहको राजीनामा पत्र तथा धन्यवाद ज्ञापन सम्बन्धमा थियो । डंगोलले मेयर साहले दिएको राजीनामा पत्र प्रस्तुत गर्दै नगर कार्यपालिकाका सदस्यहरूलाई जानकारी गराइन् ।
उक्त राजीनामा पत्र प्रस्तुत गरेपछि धन्यवाद ज्ञापन गरेर बैठक सकिएको हो ।







