काठमाडौँ । लगानी बोर्ड नेपालले एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।
छिटो छरितो सेवा प्रवाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता थप आकर्षित गरी लगानी वृद्धि गर्न एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो ।
लगानी बोर्डले एकल बिन्दु सेवा केन्द्र संयोजन गर्ने कार्यका लागि सहसचिव हेमराज तामाङलाई तोकेको छ । एकल बिन्दु सेवा केन्द्रसँग समन्वय गरी कार्य अघि बढाउन १४ सरकारी निकायले अख्तियारी सहित फोकल पर्सन तोकेका छन् ।







