काठमाडौँ । आन्तरिक राजस्व विभागले एक सय २० जना नायब सुब्बा (नासु) को सरुवा गरेको छ । विभागले देशभरका विभिन्न कार्यालयमा कार्यरत नासुहरूको सरुवा गरेको हो ।
सरुवाको क्रममा सोर्सफोर्सलगायत विभिन्न पक्षले प्रभाव पारेको भन्दै कतिपय अधिकारीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । यसअघि आजै मात्र ४१ जना कर अधिकृतको पनि सरुवा गरिएको थियो ।







