काठमाडौँ । निर्वाचन आयोगले समावेशी निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि दर्ता भएका उम्मेदवारहरूको योग्यतासम्बन्धी दाबी–विरोध गर्न आह्वान गरेको छ ।
आयोगले आइतबार समावेशी निर्वाचन प्रणालीको कोटाअन्तर्गत उम्मेदवारहरूको विवरण सार्वजनिक गर्दै उक्त सूचीमा नाम समावेश भएका कुनै पनि उम्मेदवारको योग्यतामाथि दाबी–विरोध गर्न चाहने मतदाताले तोकिएको समय सीमाभित्र निवेदन दिन सक्नेछन् ।
सूचनाअनुसार, दाबी-विरोध गर्न चाहनेले मिति २०८२/१०/०५ देखि २०८२/१००७ सम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी–विरोध दर्ता गराउन सक्नेछन् ।







