काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव सप्तरी-३ बाट निर्वाचन लड्ने भएका छन् ।
जसपा नेपालको सोमबार राजविराजमा सम्पन्न बैठकले अध्यक्ष यादवलाई क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
अध्यक्ष यादव २०७९ को निर्वाचनमा सप्तरी-२ बाट चुनाव लडेका थिए । तर जनमतका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए ।







