काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।
सो क्रममा सापकोटाले नयाँ र पुराना भन्दा पनि विचार महत्त्वपूर्ण हुने भएकाले आफू समृद्धिसहितको विचारका साथ चुनावमा होमिएको दाबी गरेका छन् । यो क्षेत्रमा नेकपा एमालेका तर्फबाट महेश बस्नेत उम्मेदवार बनेका छन् ।







