२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेस काउन्सिलमा ६ महिनामा १६३ उजुरी दर्ता

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा एक सय ६३ उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म १६३ वटा उजुरी दर्ता भएका छन् ।  

दर्ता भएका उजुरीमध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भएपश्चात् ७७ वटा खण्डन सम्प्रेषण भएका, ५२ वटा पेस भएको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको र १४ वटा क्षमायाचना/भूलसुधार भएको सहप्रवक्ता रामशरण बोहराले जानकारी दिए। 

यसैगरी पाँचवटाले सामग्री स्थगन गरेका, १० वटालाई स्पष्टीकरण सोधिएको, पाँच वटालाई निर्देशन एवं सचेत गराइएको छ भने यस अवधिमा एक सञ्चारमाध्यमलाई अवज्ञाकारी/कालोसूचीमा राखी कारबाही गरिएको छ । 

यस्तै, यस अवधिमा ६३२ वटा मिडिया/वेबपोर्टल/सामाजिक सञ्जालका ७४४ सामग्री स्वअनुगमन भएका छन् । प्रवक्ता बोहराद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “जसमध्ये ४४७ वटा मिडिया र १८५ वटा गैरमिडिया रहेका छन्, आचारसंहिता उल्लङ्घनको गम्भीरताका आधारमा १३६ वटा मिडिया र २७ वटा गैरमिडियालाई निर्देशन एवं सचेत गराइएको छ । कुनै पनि सम्पर्क नभएका २० वटा गैरमिडियाका सम्बन्धमा अनुसन्धान गरी कारबाही गर्न सम्बन्धित निकायमा पत्राचार भएको छ ।”

काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमबाट पत्रकार आचारसंहिता पालना भए/नभएको विषयमा नियमित अनुगमन गरिरहेकामा निर्वाचन आचारसंहिता लागू भएको परिप्रेक्ष्यमा निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा विशेष अनुगमन प्रक्रिया थालनी गरेको जनाएको छ ।

“निर्वाचनको समयमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोप–प्रत्यारोप, होच्याउने, मिथ्या सूचना, दुष्प्रचार, चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषणका घटनाहरू हुनसक्ने र कुनै राजनीतिक दलका नेताहरूबाट अर्को राजनीतिक दल तथा दलका नेताहरूविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति(हेट स्पिच) आउनसक्ने र त्यस्ता सामग्रीहरू सञ्चारमाध्यमलाई प्राप्त हुन सक्ने हुँदा त्यस्ता सामग्रीलाई स्थान नदिन र कसैको पक्ष वा विपक्ष हुने एवं राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी सदैव सजग हुनुपर्छ”, काउन्सिलले विज्ञप्तिमा भनेको छ । 

यसैगरी पत्रकारिताका मूल्य/मान्यताविपरीत गैरपेसागत आचरण गर्ने, तथ्यगत परीक्षण एवं आधार/प्रमाण बेगर सामग्री सम्प्रेषण गर्ने, सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा उत्तेजना/अफवाह भ्रम फैलाउने, परिस्थितिलाई उत्तेजक बनाउन नियोजित रूपमा गलत, मिथ्या एवं तथ्यलाई तोडमरोड गरी सामग्री प्रकाशन गर्ने, पेसागत आचरणविपरीत एवं गैरकानुनी कार्य भएको हुँदा त्यस्ता कार्य हुन नदिनेतर्फ सजग रहन सञ्चारमाध्यम, आमपत्रकार एवं सञ्चारकर्मीमा आग्रह गरिएको छ ।