काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदहरूको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । आयोग कार्यालयले सूचना जारी गरी परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं.१६७०१-१६७०७/०८२-८३ (खुला/समावेशी) संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तरगत रा.प.तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदमा महेन्द्रनगर परीक्षा केन्द्र राखी अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षा परीक्षा केन्द्र कायम गरिएको छ ।

यस्तै लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६७०१-१६७०७/०८२-८३ (खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदका लागि खोटाङ परीक्षा केन्द्र राखी अनलाइन मार्फत दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको छ ।

यसैगरी लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६७०१-१६७०७/०८२-८३ (खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा इलाम परीक्षा केन्द्र राखी अनलाइन दरखास्त पेश भई दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र (भवन) कायम गरिएको आयोगले जनाएको छ ।








