२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिकतर्फ १ करोड ५० लाख मतपत्र छपाइ सम्पन्न

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रयोग हुने मतपत्र छपाइको काम तीव्र गतिमा अघि बढाएको जनाएको छ। 

आयोगका अनुसार हालसम्म १ करोड ५० लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने बाँकी मतपत्र छपाइ आगामी दुई दिनभित्र पूरा गर्ने लक्ष्य लिइएको छ।

आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभरको कुल मतदाता संख्या करिब १ करोड ८९ लाख रहेको जानकारी दिँदै सो संख्याभन्दा करिब सात प्रतिशत बढी मतपत्र छाप्ने निर्णयअनुसार छपाइ भइरहेको बताए।

उनका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ निर्वाचन चिह्न वितरण सम्पन्न भएपछि मतपत्रको डिजाइन तयार गरी त्यसको छपाइ प्रक्रिया सुरु गरिनेछ। समानुपातिक प्रणालीको मतपत्र देशभर समान रहने भए पनि प्रत्यक्षतर्फका मतपत्र भने निर्वाचन क्षेत्रअनुसार फरक-फरक हुने व्यवस्था गरिएको छ। आयोगले चालु महिनाभित्र सम्पूर्ण मतपत्र छपाइ सम्पन्न गर्ने गरी काम भइरहेको जनाएको छ।

यसैबीच मतदाता नामावली अद्यावधिक तथा छपाइको कार्य पनि समानान्तर रूपमा अघि बढिरहेको आयोगले जनाएको छ। प्रवक्ता भट्टराईका अनुसार छपाइ गर्नुपर्ने चार प्रतिमध्ये हालसम्म एक प्रति मतदाता नामावली छापेर सबै जिल्लामा वितरण गरिसकिएको छ।