२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दर्मीजामा सामुदायिक भवन निर्माण

अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण भएको छ । 

रु ४२ लाखको लागतमा करिब ३०० जना क्षमताको सामुदायिक भवन निर्माण भएको हो । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु १५ लाख र रघुगङ्गा गाउँपालिकाबाट रु २० लाख बजेट विनियोजन भएको उपभोक्ता समितिका अध्यक्ष विप्रसाद पुनले जानकारी दिए । 

दर्मीजा प्रभावित क्षेत्र रहेको माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक तुदी पावर कम्पनीले रु पाँच लाख सहयोग गरेको छ । आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत थप रु तीन लाख विनियोजन भएको वडाध्यक्ष पविन गर्बुजाले बताए।  

निर्माण सुरु भएको तीन वर्षमा भवन सम्पन्न भएको हो । भवन निर्माण भएपछि भेला, बैठक, छलफल, सांस्कृतिक कार्यक्रम आयोजना गर्न सहज भएको छ । विवाह, छेवार, किरियालगायत संस्कारगत कार्य र भोजभतेरका लागि टहरा बनाउनुपर्ने समस्या हटेको छ ।  

दर्मीजामा १०० घरपरिवारको बसोबास छ । यसअघि पञ्चायतकालमा निर्माण भएको भवन सामुदायिक भवन जीर्ण बनेपछि त्यसलाई भत्काएर नयाँ निर्माण गरिएको हो । भवनको दर्मीजाका ज्येष्ठ नागरिक पदमबहादुर गर्बुजा र प्रतिनिधिसभाका निवर्तमान सांसद खमबहादुर गर्बुजा (खम्बिर)ले शुक्रबार उद्घाटन गरेका थिए । 

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, पूर्वसांसद विनोद केसी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन लगायतको उपस्थिति रहेको थियो ।