काठमाडौँ । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक माघ १३ गतेका लागि निर्धारण गरिएको छ।
प्रदेश सभा सचिवालयका अनुसार बैठक बिहान ९ बजे बैठक सञ्चालन हुनेछ।
प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) अनुसार बैठक आह्वान गरिएको हो।
सचिवालयले बैठकका लागि आवश्यक तयारी भइरहेको जनाएको छ।







