२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा निर्वाचन: दुई सिटका लागि बागमती र गण्डकीमा छ-छ जना प्रतिस्पर्धामा

अ+ अ-

बागमती । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती प्रदेशमा दुई सदस्यका लागि छ जना प्रतिस्पर्धामा छन् । आज बिहान ९:०० देखि दिउँसो ३:०० बजेसम्म मतदान हुँदैछ । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको छ । निर्वाचनमा छ जना प्रतिस्पर्धामा छन् ।

निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार निर्वाचन तयारीका सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि कर्मचारी खटाइसकिएको र मतदान केन्द्रसमेत निर्माण भइसकेको छ । मतदान केन्द्रमा मतपत्रसमेत आइसकेको छ ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र स्थापना गरिएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् ।

बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन जना महिला र तीन जना पुरुष गरी छ जना प्रतिस्पर्धामा छन् । महिला क्लस्टरतर्फ नेपाली कांग्रेसबाट गीता देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन चुनावी प्रतिस्पर्धामा छन् ।

त्यसैगरी, अन्य क्लस्टरबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा. प्रेमप्रसाद दङ्गाल, नेपाली कम्युनिष्ट पार्टीबाट प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीबाट विक्रम ढुकुछुले उम्मेदवारी दर्ता गराएका छन् । एक सय १० सदस्यीय प्रदेशसभा र एक सय १९ स्थानीय तह रहेको बागमती प्रदेशको मतभारअनुसार नेपाली काँग्रेस बलियो देखिन्छ । राष्ट्रियसभाका लागि बागमती प्रदेशमा प्रदेशसभाका एक सय १० र पालिकातर्फ दुई सय ३८ गरी तीन सय ४८ मतदाता छन् भने १० हजार तीन ५२ मतभार रहेको छ । 

गण्डकी प्रदेश  
आज हुने राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत दुई जना सदस्यका लागि गण्डकी प्रदेशमा निर्वाचन हुँदैछ । प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले मतदानका लागि कर्मचारी व्यवस्थापन एवं सुरक्षा व्यवस्थालगायत सबै तयारी सम्पन्न भएको जानकारी दिए ।

उनका अनुसार मतदानका लागि निर्वाचन कार्यालय परिसरमा नै दुई वटा केन्द्र स्थापना गरिएको छ । एउटा केन्द्रमा ५९ जना प्रदेशसभा सदस्यहरूले मतदान गर्नेछन् भने अर्को केन्द्रमा एक सय ६९ जना स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले मतदान गर्नेछन् । 

गण्डकीमा नेपाली काँग्रेस र नेकपा (एमाले)ले साझा उम्मेदवार उठाएका छन् । एमालेबाट महिलातर्फ सम्झना देवकोटाको उम्मेदवारी परेको भने अन्यतर्फ नेपाली काँग्रेसका प्राध्यापक डा.जगत् तिमिल्सिनाको उम्मेदवारी परेको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले महिलातर्फ गोमा लुइँटेल घिमिरे र अन्यतर्फ कपिल लामालाई उम्मेदवार बनाएको छ । राष्ट्रिय जनमोर्चाले अन्यतर्फ शंकरप्रसाद बराल र महिलातर्फ अधिवक्ता लक्ष्मी बाँस्कोटालाई उम्मेदवार बनाएको छ । गण्डकीमा राष्ट्रिय सभा निर्वाचनका लागि ५९ प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन् । 

जसमध्ये प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ ।