२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन् २०२६ मा २६ समसामयिक खोजः प्रश्नोत्तर (लोक सेवा परीक्षार्थीका लागि)

अ+ अ-

१.        अमेरिकी सेनाको डेल्टा फोर्सले भेनेजुएलाको राजधानी काराकास लगायतका शहरमा आक्रमण गरेर भेनेजुएलाका राष्ट्रपति निकोलन मदुरोलाई कहिले न्यूयोर्क पुर्याएको थियो ?

          (A)  सन् २०२६ जनवरी १ (B)  सन् २०२६ जनवरी २ (C) सन् २०२६ जनवरी ३ (D)  सन् २०२५ डिसेम्बर ३०

उत्तरः C

  • सन् २०२६ जनवरी ३ मा अमेरिकी सेनाको डेल्टा फोर्सले भेनेजुएलाको राजधानी काराकासमा आक्रमण गरेको थियो ।
  • सो पश्चात सोही दिन राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिइ न्यूयोर्क पुर्याएको थियो
  • मदुरोमाथि ‘लागुऔषध आतङ्कवाद’को आरोप लगाइएको थियो ।  
  • यो मिशनको नाम “अपरेशन एब्सोल्युट रिजल्भ” दिइएको थियो ।

.        सन्  २०२६ नोभेम्बरमा कोप-३१ (COP31) कुन देशले आयोजना गर्ने भएको छ ?

          (A)  ब्राजिल                 (B)  फ्रान्स                   (C) टर्की                     (D)  युएई

उत्तरः C

  • कोप ३१ सन् २०२६ नोभेम्बर ९२० मा टर्कीको अन्ताल्यामा हुने तय भएको छ ।
  • अष्ट्रेलियाले समन्वय गर्ने भएको छ ।
  • सन् २०२५ को नोभेम्बर १०२१ मा ब्राजिलको बेलेममा कोप३० भएको थियो ।

.       सन् २०२५ को नोभेम्बरमा हाइली गुब्बी (Hayli Gubbi) नामक ज्वालामुखी कुन देशमा बिस्फोट भएको थियो ?

          (A)  केन्या                          (B) तान्जानिया        (C) ईथियोपिया             (D) सोमालिया

उत्तरः C

  • इथियोपियामा १२ हजार वर्षदेखि निस्क्रिय हाइली गुब्बी (Hayli Gubbi) नामक ज्वालामुखी बिस्फोट ।
  • सन् २०२५ नोभेम्बर २३ मा बिष्फोट भएको थियो ।
  • ज्वालामुखी इथियोपियाको राजधानी आदिस अबाब सहरबाट ५ सय माइल उत्तरपूर्वको अफार क्षेत्रमा रहेको थियो ।

.        वैज्ञानिक जेम्स वाटसनको निधन कहिले भएको थियो ?

          (A) सन् २०२५ नोभेम्बर ५       (B) सन् २०२५ नोभेम्बर ६ (C) सन् २०२५ नोभेम्बर ७ (D) सन् २०२५ डिसेम्बर ५

उत्तरः B

  • अमेरिकी बायोलोजिष्ट जेम्स वाटसनको ९७ बर्षको उमेरमा निधन । (१९२८ अप्रिल ६ – २०२५ नोभेम्बर ६)
  • सन् २०२५ नोभेम्बर ६ मा निधन ।
  • उनले बेलायती वैज्ञानिक फ्रान्सिस क्रिकसँग मिलेर १९५३ मा डीएनएको डबल-हेलिक्स संरचना पहिचान गरेका थिए ।
  • उनले सन् १९६२ मा चिकित्सा क्षेत्रको नोवेल पुरस्कार प्राप्त गरेका थिए ।

.        संयुक्त राष्ट्र संघले कुन बर्षलाई अन्तराष्ट्रिय महिला किसान बर्ष (International Year of the Woman Farmer) का रुपमा मनाउने भएको छ?

          (A) सन् २०२४             (B) सन् २०२५             (C) सन् २०२६             (D) सन् २०२७

उत्तरः C

  • संयुक्त राष्ट्र संघले मनाउन लागेका अन्य अन्तराष्ट्रिय बर्षहरुः  
  • 2029: International Year of Asteroid Awareness and Planetary Defence
  • 2027: International Year of Sustainable and Resilient Tourism
  • 2026:
  • International Year of Rangelands and Pastoralists
  • International Year of the Woman Farmer
  • International Year of Volunteers for Sustainable Development

.        विश्व खुशी सुचकांक २०२५ मा नेपाल कतिऔं स्थानमा रहेको छ?

          A.   १०७ औं               B.     ७२ औं                C.    ७६ औं                 D.   ९२ औं

उत्तर D

मानव विकास सुचकांक २०२५१४५ औं
विश्वव्यापी शान्ति सुचकांक २०२५७६ औं
विश्व भोकमरी सुचकांक २०२५७२ औं
ग्लोबल टेरोरिजम इन्डेक्स २०२५६८ औं
विश्व नवप्रवर्तन सुचकांक २०२५१०७ औं

.        नेपालको प्रथम महिला प्रधानमन्त्रीको रुपमा सुशिला कार्की कहिले नियुक्त हुनुभएको थियो ?

          (A) २०८२ भदौ २५       (B)  २०८२ भदौ २७       (C) २०८२ भदौ २६       (D) २०८२ भदौ २८

उत्तर B

  • नेपाल सरकारले २०८२ भाद्र १९ गते २६ सामाजिक सञ्जाल निश्क्रिय बनाउने निर्णय गरेको थियो ।  
  • उक्त निर्णय विरुद्ध र भ्रष्टाचारविरुद्ध जेन-जी पुस्ता (सन् १९९७-२०१२ विचमा जन्मिएको पुस्ता) ले नेपोवेवी अभियान लिएर २०८२ भाद्र २३ गते (सन् २०२५ सेप्टेम्बर ८) देशैभर विरोध/आन्दोलन गरेका । 
  • भाद्र २४ गते आन्दोलनले उग्ररुप लिंदा सिंहदरवार, सर्वोच्च अदालत, संसद भवनलगायतका संरचना आगलागीमा परेको ।
  • मिति २०८२ भाद्र २४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएको । 
  • मिति २०८२ भाद्र २७ गते सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त (सोही दिन सपथ) ।
  • राष्ट्रपतिबाट नेपालको संविधानको धारा ६१ (४) को आधारमा सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको ।
  • भाद्र २७ गते नै प्रतिनिधि सभाको विघटन । २०८२ फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा ।

८.      नेपालमा पहिलो पटक १०३ बर्षिय तोरणकुमारी बाँनियाको दुर्लभ (ब्रेन ह्यामरेज:जटिल र जोखिमपुर्ण) मस्तिष्क शल्यक्रिया कुन अस्पतालले गरेको छ  ?

          A.   टिचिङ अस्पताल     B. भक्तपुर क्यान्सर हस्पिटल      C.  वीर अस्पताल    D.   नर्भिक अस्पताल

उत्तर C

  • मिति २०८२ पुष १४ गते शल्यक्रिया सफल भएको ।
  • वीर अस्पतालले १०३ बर्षिया तोरण कुमारी बानियाँको दुर्लभ (ब्रेन ह्यामरेज) मस्तिष्क शल्यक्रिया गरेको ।
  • न्यूरो शल्य चिकित्सक डा. राजीव झाको टिमले यो सफलता हासिल गरेको हो ।

.       फिफा विश्वकप फुटबल-२०२६ कुन कुन देशले आयोजना गर्दैछन् ?

          (A) संयुक्त राज्य अमेरिका र मेक्सिको                    (B) संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडा

          (C) संयुक्त राज्य अमेरिका र क्यानडा                     (D) संयुक्त राज्य अमेरिका, मेक्सिको र ब्राजिल

                                           उत्तरः B

१०.     ९८औं ओस्कार अवार्ड-२०२६ का लागि छनौट भएको नेपाली चलचित्र कुन हो?

          (A)  गुन्यु चोलो                   (B)  अञ्जिला                 (C) साम्बाला                   (D)  काराभान

                                           उत्तरः B

११.     कामिरिता शेर्पाले सगरमाथाको ३१ औँ पटक सफल आरोहण कहिले गरेका थिए ?

          (A)  २०८२ बैशाख ३० गते      (B) २०८२ जेठ १३ गते   (C) २०८१ बजेठ ९ गते       (D) २०८१ बैशाख ३० गते  

                                           उत्तरः B

१२.      ICC टी-२० विश्वकप क्रिकेट-२०२६ कहाँ आयोजना हुँदैछ ?

          A.   अष्ट्रेलिया र न्युजिल्याण्ड   B. भारत र पाकिस्तान                                 C.  भारत र श्रीलंका           D.        माथिको कुनै पनि होइन

                                           उत्तरः C

१३.        राष्ट्रिय कर दिवस २०८२ (मंसिर १ गते) को नारा के दिइएको छ  ?

          A.   स्वेच्छिक कर सहभागिताः सुखि नेपाली समृद्ध नेपालको आधार               

          B.    कर प्रणालीको सार, लगानीको आधार

          C.    स्वेच्छिक सहभागिता सहितको कराधारः समृद्ध नेपालको आधार                     

          D.   कुनै पनि होइन

                                           उत्तरः B

१४.     नेपालमा प्रथम राष्ट्रिय कोदो दिवस कहिले मनाइएको छ?

          (A) २०८१ साउन १६     (B)  २०८२ साउन १६     (C)  २०८१ भदौ १६       (D)      २०८२ भदौ १६

                                           उत्तरः B

१५.     वि.सं. २०८१ सालको मदन पुरस्कार कुन कृतिलाई प्रदान गरिएको छ? 

          A.  मुकाम रणमैदान        B.    हिउँको गीत            C.    उरमाल                             D.        छालबाटो

                                           उत्तरः C

१६.       सन् २०२५ अक्टोबर २९ मा नेपालले कुन देशसँगको दोहोरो करमुक्ति सम्झौता अन्त्य गरेको छ?

          A.   भारत                    B.    कतार                   C.    नर्वे                      D.   मौरिसस

                                           उत्तरः D

१७.       नेपालमा रुबेला रोग निवारण भएको घोषणा कहिले गरियो?                

     A. २०८२ मंसिर २               B.    २०८२ असोज २        C.२०८२ श्रावण  २             D. २०८२ भदौ २

                                           उत्तरः D

१८.       गायक तथा अभिनेता प्रशान्त तामाङको निधन कहिले भएको थियो ?

          A.   सन् २०२६ जनवरी १९      B. सन् २०२६ जनवरी १५  C.  सन् २०२६ जनवरी ११ D. सन् २०२६ जनवरी १२

                                           उत्तरः C

१९.     अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२५ (Ambedkar International Award 2025) प्राप्त गर्ने नेपाली को हुन् ?

          A. राजु परियार               B.    सन्तोष परियार         C.    प्रकाश सपुत           D.   मिन बिश्वकर्मा

                                           उत्तरः B

२०.      सन् २०२६ को फेब्रुअरीमा २५ औं संस्करणको शितकालिन ओलम्पिक कुन देशमा आयोजना हुँदैछ

          A.   स्विजरल्याण्ड          B.    चीन                     C.    दक्षिण कोरिया         D.   ईटाली

                                           उत्तरः D

२१.      टाइम पत्रिकाले सन् २०२५ को “टाइम पर्सन अफ दि इयर कस्लाई घोषणा गरेको छ ?

          A.   डोनाल्ट ट्रम्प           B.    टेलर स्विफ्ट            C. द आर्किटेक्ट्स अफ एआई      D. कुनै पनि होइन      

                                           उत्तरः C

२२.       सन् २०२५ मा साहित्यतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो?

          (A)  Han Kang          (B) Jon Fosse      (C) László Krasznahorkai        (D)           Annie Ernaux

                                           उत्तरः C

२३.     पद्मश्री साधना सम्मान २०८२ कसलाई प्रदान गरियो ?

          (A)                            रमेश भुसाल                  (B)  अभि सुवेदी            (C) रमा शर्मा      (D)       कृष्ण प्रधान

                                           उत्तरः C

२४.     जोहरन ममदानी (Zohran Mamdani) अमेरिकाको कुन शहरको मेयरमा निर्वाचित भएका छन् ?

          (A)                            सिकागो                       (B) फिलाडेल्फिया         (C)      न्युयोर्क    (D)       सन फ्रान्सिस्को

                                           उत्तरः C

२५   फिफा पिस प्राइज२०२५ कसलाई प्रदान गरियो ?

          (A)  जियानी इन्फान्टिनो     (B)                           क्रिश्चियानो रोनाल्डो          (C) लियोनेल मेस्सी          (D)      डोनाल्ड ट्रम्प

                                           उत्तरः D

२६   नेपाल सरकार र ‘लिफ कोअलिस’बीच कार्बन क्रेडिट बिक्रीबारे ५ करोड ५० लाख अमेरिकी डलर (करिब ७ अर्ब ९७ करोड रुपैयाँ) सम्मको जलवायु वित्त प्राप्त गर्ने सम्झौता कहिले भएको छ ?

          (A)  २०८२ कार्तिक            (B) २०८२ पुष           (C) २०८२ मंसिर                 (D) २०८२ माघ

                                           उत्तरः D