२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरिया जान नपाएको भन्दै सम्बन्धित युवाहरूले काठमाडौँमा विरोध प्रदर्शन

अ+ अ-

काठमाडौँ। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा सफलतापूर्वक उत्तीर्ण गरे पनि लामो समयसम्म वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान नपाएको भन्दै सम्बन्धित युवाहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।

कृषि तथा पानीजहाज क्षेत्रमा कामका लागि आवश्यक भाषा परीक्षा पास गरी रोस्टर सूचीमा सूचीकृत भए पनि एक वर्षभन्दा बढी समय बितिसक्दा समेत रोजगारदाताबाट छनोट हुन नसकेको गुनासो गर्दै उनीहरूले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूको भनाइमा हालको व्यवस्थाअनुसार दुई वर्षभित्र रोजगारदाताको छनोटमा नपरे रोस्टरबाट नाम हट्ने व्यवस्था रहेकोले ठूलो सङ्ख्यामा युवाहरू अवसरबाट वञ्चित हुने जोखिममा छन्।

उनीहरूले रोस्टरको अवधि थप गरी कम्तीमा दुई वर्ष म्याद वृद्धि गर्न माग गरेका छन्। भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेकी झापाकी अनिषा बस्नेतले आफ्नो रोस्टर अवधि समाप्त हुन लागेकाले समय थप नगरे अवसर गुम्ने अवस्था आएको बताइन्।

प्रदर्शनका क्रममा सहभागीहरूले इपिएस प्रणालीको सुधार, कृषि तथा पानीजहाज क्षेत्रको रोस्टर अवधि विस्तार, भाषा परीक्षा पास गरिसकेका व्यक्तिलाई शीघ्र रोजगारीमा पठाउने व्यवस्था तथा रोस्टर म्याद दुई वर्ष थप गर्नुपर्ने माग उल्लेखित प्लेकार्ड प्रदर्शन गरेका थिए।