२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालेन साह प्रभावहीन हुने ओलीको दाबी

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर अवस्थामा नरहेको दाबी गर्दै राष्ट्र निर्माणको जिम्मेवारी वहन गर्ने शक्ति एमाले नै भएको बताएका छन्।

ओखलढुंगामा आयोजित पार्टीको चुनावी भेलालाई सम्बोधन गर्दै उनले आगामी राजनीतिक दिशाबारे स्पष्ट धारणा प्रस्तुत गरेका हुन्।

ओलीका अनुसार वर्तमान राजनीतिक प्रतिस्पर्धा देशलाई समुन्नत बनाउने र अराजकतामा धकेल्ने प्रवृत्तिबीचको संघर्ष हो। उनले विधिको शासन र स्थायित्वतर्फ अघि बढ्ने कि अव्यवस्थालाई प्रश्रय दिने भन्ने विषयमा निर्णायक बहस चलिरहेको उल्लेख गरे।

उनले ओखलढुंगामा एमाले उम्मेदवार अस्मिता थापाको पराजयलाई राष्ट्रिय पराजयसँग तुलना गर्दै कुनै पनि निर्वाचन क्षेत्रमा हार स्वीकार्य नहुने बताए। सबै स्थानमा जित हासिल गर्न पार्टी पंक्तिलाई सक्रिय हुन निर्देशन दिँदै उनले संगठनात्मक एकतालाई जोड दिएका छन्।

त्यसैक्रममा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहप्रति लक्षित टिप्पणी गर्दै प्रतिस्पर्धी शक्ति प्रभावहीन हुने संकेत गरेका छन्। उनले रास्वपामा स्पष्ट संगठन, नीति, कार्यक्रम र उद्देश्यको अभाव रहेको दाबीसमेत गरेका छन्।