२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिचान दुरुपयोगमार्फत चन्दा संकलन प्रयास : अमेरिकी नागरिक अध्यागमनको नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रियस्तरमा चन्दा (फन्ड) संकलन गर्ने उद्देश्यले कलेजको वेबसाइटमा राष्ट्रियस्तरका राजनीतिक तथा प्रतिष्ठित व्यक्तिहरूको नाम समावेश गरी पहिचान दुरुपयोग गरेको घटनामा संलग्न एक अमेरिकी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ।

अध्यागमन विभागका अनुसार सम्बन्धित व्यक्तिले कलेजको वेबसाइटमा ‘हाम्रो सक्रिय टोली’ शीर्षक राखी विभिन्न राष्ट्रियस्तरका राजनीतिक नेता तथा प्रतिष्ठित व्यक्तिहरूको नाम कलेजको टिम सदस्यका रूपमा उल्लेख गरेका थिए। उक्त सूचीमा केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरी, कृष्णबहादुरलगायत १३ जनाभन्दा बढी व्यक्तिको नाम समावेश गरिएको पाइएको छ। यसैगरी पुस्तकालय, क्याम्पस सेवा तथा प्रशासनिक टोली शीर्षकअन्तर्गत अन्य प्रतिष्ठित नेपालीहरूको नाम पनि उल्लेख गरिएको अध्यागमनले जनाएको छ।

वेबसाइटमा कोरियन अध्ययन, कृत्रिम बौद्धिकता (एआई) सफ्टवेयर इन्जिनियरिङ, व्यवसाय अध्ययनलगायत विषय अध्यापन गराइने उल्लेख गरिएको छ। कलेजले त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको दाबी गरेको भए पनि त्यससम्बन्धी आधिकारिक कागजात पेश गर्न नसकेको अध्यागमन विभागको भनाइ छ। एउटै कलेजले दुई विश्वविद्यालयसँग एकैपटक सम्बन्धन लिन नपाउने कानुनी व्यवस्था रहेको पनि विभागले स्पष्ट पारेको छ।

नियन्त्रणमा लिइएका अमेरिकी नागरिक सन् २०१४ देखि विभिन्न प्रयोजनका लागि नेपाल आवतजावत गर्दै आएका र करिब १२ वर्षको अवधिमा ५० पटकभन्दा बढी नेपाल भ्रमण गरेको तथ्य खुलेको छ। उनी पर्यटक, कार्य तथा व्यावसायिक भिसामार्फत नेपालमा बसोबास गर्दै आएका थिए।

अध्यागमनको प्रारम्भिक अनुसन्धानअनुसार उनी साविकमा पर्वतारोहण तथा व्यापारिक पृष्ठभूमिका व्यक्ति हुन्। नेपालमा ‘कमसिड नेपाल प्रालि’ नामक कम्पनी दर्ता गरी व्यावसायिक भिसा लिएको तथा चर्च स्थापना (चर्च प्लान्टिङ) सम्बन्धी गतिविधिमा संलग्न रहेको विवरण पनि फेला परेको छ। सन् २००८ मा अमेरिकाको न्यूयोर्कमा ‘यस इन हिम चर्च’ स्थापना गरी ‘द प्लान्टर’ नामक संस्थामार्फत विभिन्न देशमा चर्च विस्तार गरेको, सन् २०२१ मा विश्व प्रेस्बिटेरियन चर्च सञ्जालअन्तर्गत नेपालको नयाँ प्रेस्बिटेरियन परिषद्को अध्यक्षको भूमिकामा रहेको जानकारी अध्यागमनले सार्वजनिक गरेको छ।

त्यसैगरी ‘द प्लान्टर’ नामक कोरियन मिसनरी संस्थामार्फत नेपालमा कोरियन भाषा विद्यालय खोल्ने घोषणा गरिएको तथा ललितपुरको सानेपामा ‘सम्झौतामा आधारित ग्यारेन्टीसहितको पहिलो क्रिश्चियन कलेज’ भन्दै ‘नेपाल इन्टरनेशनल कलेज’ नाममा वेबसाइट तयार गरी प्रचारप्रसार गरिएको पाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै अध्यागमन विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालले सूचना तथा तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।