२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रहरले प्रधानमन्त्री भएको होइन, जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु’ : प्रधानमन्त्री कार्की

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन हुने बताएकी छन् । राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै जननिर्वाचित सरकारलाई सत्ता सुम्पन आफू आतुर रहेको बताइन् ।

उनले आफू रहरले प्रधानमन्त्री नभएको भन्दै परिस्थितिले जिम्मेवारीमा ल्याएको बताएकी छन् ।

कार्कीले भनिन्, ‘म कुनै शासकीय आकांक्षा बोकेर पदको लोभमा प्रधानमन्त्री भएको होइन। बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्र्याकमा ल्याउन र देशलाई संकटबाट बचाउनको लागि विषम परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी लिएको हुँ ।’

उनले उम्मेदवारी दर्ता भइसकेको भन्दै राज्यको स्रोत साधन निर्वाचनमा केन्द्रित भएको बताइन् ।

उनले भनिन्, ‘आन्दोलनमा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गराइएको छ । एकीकृत निर्वाचन सुरक्षा स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।’

उनले निर्वाचन आचारसंहिता पालन गरी आगामी निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउने वातावरण बनाउन आह्वान गरिन्।