२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन सुरक्षाका लागि लमजुङमा ६९ थान इजाजतप्राप्त हतियार संकलन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लमजुङ जिल्लामा इजाजत लिएर राखिएका हातहतियार संकलन गर्ने प्रक्रिया अघि बढाइएको छ।

सोहीक्रममा हालसम्म ६९ थान नाल भरुवा बन्दुक प्रहरी प्रशासनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रशासनले फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न इजाजतप्राप्त हतियार अस्थायी रूपमा प्रहरीको जिम्मा लगाउन निर्देशन दिएको थियो। उक्त निर्देशनपछि सम्बन्धित व्यक्तिहरूले आफूलाई नजिक पर्ने प्रहरी चौकीमा पुगेर हतियार बुझाएका हुन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार कुन्छा क्षेत्रबाट ९ थान, भोटेओडारबाट ७ थान, भोर्लेटारबाट १३ थान, सुन्दरबजारबाट ५ थान र चितीबाट ४ थान हतियार संकलन गरिएको छ। त्यस्तै तीनपिल्लेबाट ८ थान, गौंडाबाट २ थान, जगतबाट २ थान, भकुण्डेबाट ५ थान, दुरडाँडाबाट १ थान तथा बेँसीसहरबाट १४ थान हतियार बुझाइएको विवरण प्रहरीसँग छ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार जिल्लाभर एक हजारभन्दा बढी इजाजतप्राप्त हतियार रहेको अनुमान भए पनि हालसम्म सीमित संख्यामा मात्र हतियार बुझाइएको छ। यस सन्दर्भमा प्रशासनले माघ ६ गते सार्वजनिक सूचना जारी गर्दै सबै हतियारधनीलाई हतियार बुझाउन आग्रह गरेको थियो।

निर्वाचन सुरक्षालाई प्राथमिकतामा राख्दै माघ २० गतेभित्र हतियार बुझाउन अनुरोध गरिएको भए पनि प्रशासनले तोकेको समयसीमा अनुसार मंगलबारसम्म हतियार बुझाउने अवसर बाँकी रहेको जनाइएको छ।