२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छिचोलियो सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ

अ+ अ-

काठमाडौँ । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निर्माणाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ । सभाखोलाको पानीलाई प्रयोग गरी निर्माणाधीन २१ दशमलव पाँच मेगावाट क्षमताको सभाखोला आयोजनाको मुख्य सुरुङ सोमबार छिचोलिएको हो । 

यहाँ एक कार्यक्रमकाबीच अर्विट इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक गणेश कार्कीले सुरुङ ‘ब्रेक थु्र’ गरेका हुन् । यो निजी क्षेत्रले पहिचान गरी अघि बढाएको आयोजनाको हो । सभापोखरी-३ मा इन्टेक एरिया रहेको आयोजनाको चार हजार ११० मिटर सुरुङ छिचोलिएको छ ।  सभापोखरी गाउँपालिका वडा नं ३, ४ र ५ मा आयोजनाको काम भइरहेको छ । 

जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको चार हजार ११० मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको आयोजनाका इन्चार्ज कृष्णप्रसाद पन्तले बताए । अब सुरुङको बाँकी कङ्क्रिट लाइनिङको काम गरिने र  मुख्य सुरुङबाट गएको पानीलाई एक हजार ४५ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिने उनले बताए । हालसम्म आयोजनाको काम ७५ प्रतिशत सम्पन्न भइसकेको पन्तले जानकारी दिए । 

उक्त आयोजनाबाट उत्पादन भएको विद्युत् खाँदबारी नगरपालिका-१० सित्तलपाटीमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जोडिने आयोजना इन्चार्ज पन्तले बताए । वि.सं २०७९ कात्तिक २३ देखि सुरु भएको उक्त आयोजना आगामी वैशाख २३ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।  

आयोजनाका इन्चार्ज पन्तका अनुसार आयोजनाअन्तर्गत प्रसारण लाइनको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा हालसम्म स्थानीयलाई रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र बेलिब्रिज पुल निर्माण लगायतका काम भइरहेका छन् ।  

करिब रु. पाँच अर्ब लागत रहेको आयोजनाको मुख्य निर्माण कम्पनी वैभव पावर नेपाल प्रालिले यहाँ काम गरिरहेको छ ।