२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आचारसंहितालाई पालना गर्न प्रतिबद्धता

अ+ अ-

दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आचारसंहिताको पालना गर्ने तुलसीपुरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका विभिन्न राजनीतिक दल र उम्मेदवारले प्रतिबद्धता जनाएका छन् ।

दाङ निर्वाचन क्षेत्र–३ को निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले आज आयोजना गरेको निर्वाचन आचारसंहिता पालनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

नेपाली काँग्रेस दाङ क्षेत्र नं ३ का सभापति जगत खड्काले निर्वाचनलाई निष्पक्ष, स्वच्छ मर्यादित बनाउन र निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न नेपाली काँग्रेस र काँग्रेसका उम्मेदवार प्रतिबद्ध रहेको बताए। नेकपा (एमाले) दाङका सचिव श्याम डाँगीले निर्वाचनलाई निष्पक्ष भयरहित बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै हाम्रो पार्टी र उम्मेदवारबाट आचारसंहिता विपरीतका कुनै पनि कार्य नहुने आचारसंहिताको पूर्ण पालना गर्न प्रतिबद्धता व्यक्त गरे ।

नेपाली कम्युनिस्ट पार्टी प्रतिनिधि, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि, आमजनता पार्टीका उम्मेदवार पाण्डवी नेपाली, श्रम संस्कृति पार्टीका टोपबहादुर महरा, स्वतन्त्र उम्मेदवार यमबहादुर बस्नेत, भरत परियारलगायतले दल र उम्मेदवारको तर्फबाट निर्वाचन आचारसंहिता पालना गर्ने, गराउने प्रतिबद्धता व्यक्त गरे ।

उनले निर्वाचन गराउने राज्य संयन्त्रले दललाई नगर्न आग्रह गरेका छन् । कार्यक्रममा इलाका प्रशासन कार्यालय तुलसीपुरका उपसचिव पुष्पराज पौडेल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमप्रसाद पराजुली, सशस्त्र बेस क्याम्प तुलसीपुरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारी राष्ट्रिय समाचार समिति दाङका प्रमुख नारायणी रजौरेलगायतले निर्वाचन आचारसंहिता पालनामा आफूहरू प्रतिबद्ध रहेको बताए ।

विना भेदभाव शान्ति सुरक्षाको जिम्मेवारी निभाउने सुरक्षा प्रमुखहरूले बताए। दाङ निर्वाचन क्षेत्र नं. ३ का निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीले निर्वाचन आचारसंहिता पालना तथा कार्यान्वयन, आचारसंहिता उल्लंघनमा हुने कारबाही, पालना भए नभएको अनुगमन, दण्ड, सजायलगायत बारेमा जानकारी गराए ।