काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज २२.१७ अंकले घटेको छ । यो समयमा नेप्से परिसूचक २२.१७ अंकले घटेर २६६०.९७ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ८८ वटा स्क्रिप्सको ८ हजार १८ कित्ता सेयर १ करोड २ लाख ९१ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा ५८ वटाको घटेको छ । ६ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।






