२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित

अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट पछिल्लो तीन वर्षको अवधिमा एक हजार नौ सय २६ व्यक्ति प्रभावित भएका छन् । तीमध्ये एक सय ५४ जनालाई विषालु सर्पले टोकेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटी दिपायलका किटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८२/८३ को हालसम्म पाँच सय ८७ जनालाई सर्पदंशबाट प्रभावित भएका छन् । तीमध्ये १७ जनालाई विषालु र पाँच सय ७० जनालाई विषरहित सर्पले टोकेको छ । 

यस्तै, आर्थिक वर्ष २०८१/८२ मा आठ सय २७ जनालाई सर्पदंश लागेको थियो । यसमध्ये ४६ जनालाई विषालु र सात सय ८१ जनालाई विषरहित सर्पले टोकेको थियो । आर्थिक वर्ष २०८०/८१ मा भने पाँच सय १२ जना सर्पदंशबाट प्रभावित भएका थिए । तीमध्ये ९१ जनालाई विषालु र चार सय ४१ जनालाई विषरहित सर्पले टोकेको थियो ।

प्रदेशका कैलाली र कञ्चनपुर जिल्ला सर्प दंशको उच्च जोखिममा रहेका छन् । तराई क्षेत्र, घना बस्ती, खेतबारी, खोलानाला तथा झाडी धेरै भएका कारण यी जिल्लामा सर्पको आवागमन बढी हुने गरेको अधिकृत जोशीले बताए ।

उनका अनुसार सुदूरपश्चिममा सर्पदंशका घटनामा गोमन, करैत लगायतका विषालु सर्पको टोकाइ बढी देखिने गरेको छ । विशेषगरी रातिको समयमा करैत सर्पले सुतिरहेको अवस्थामा टोक्ने घटना बढी हुने गरेको उनको भनाइ रहेको छ ।विशेषगरी वर्षायाम तथा खेतीपातीको समयमा सर्पदंशका घटना बढ्ने गरेका छन् । जेठदेखि असोज महिनासम्म खेतमा काम गर्ने, राति घर वरपर सर्प पस्ने तथा बाढी–डुबानका कारण सर्प बस्तीमा पस्ने समस्या बढ्ने हुँदा सो अवधिमा अस्पतालमा सर्पदंशका बिरामीको चाप बढी हुने गरेको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार सर्पले टोकेपछि पनि धेरैजसो बिरामी अस्पताल जानुको सट्टा झारफुक, धामी–झाँक्री र घरेलु उपचारमा निर्भर हुने गरेका छन् । जसले गर्दा ज्यान जोखिममा पर्ने अवस्था सिर्जना हुने गरेको छ ।

 “सर्पले टोकेपछि समयमै अस्पताल पुगेर ‘एन्टी स्नेक भेनम’ सुई लगाउन सके विषालु सर्पले टोकेका बिरामीलाई बचाउन सकिन्छ,” कञ्चनपुरको देखतभूली स्वास्थ्य चौकीका प्रमुख लिलाकान्त झाले भने, “ढिलाइ हुँदा भने ज्यान जाने जोखिम बढ्छ ।” हाल सुदूरपश्चिमका नौवटै जिल्लामा सर्प दंशको प्राथमिक उपचार सेवा उपलब्ध भए पनि जटिल प्रकृतिका बिरामीलाई भने सुविधासम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको छ । ग्रामीण तथा दुर्गम क्षेत्रका सर्पदंशका बिरामीलाई सडकको असुविधा र यातायात सेवाको अभावका कारण समयमै अस्पताल ल्याउन कठिनाइ हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

तराईका जिल्लामा नेपाली सेनाले विभिन्न स्थानमा स्थानीय तहको समन्वयमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । यसले आकस्मिक अवस्थामा बिरामीको ज्यान जोगाउन सहयोग पुर्‍याएको छ ।