२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस मनाइँदै 

अ+ अ-

काठमाडौँ । आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय शून्य सहनशीलता दिवस हो । 

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१२ मा प्रत्येक वर्ष फेब्रुअरी ६ तारिखलाई महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवसका रूपमा मनाउने निर्णय गरेको हो । यो दिवसको उद्देश्य महिला यौनाङ्गछेदनको अन्त्यका लागि भइरहेका प्रयासलाई अझ सशक्त र प्रभावकारी बनाउनु हो ।

 यो दिवसले सबै देशका सरकार, नागरिक समाज, समुदाय, परोपकारी संस्था तथा अन्तरराष्ट्रिय समुदायबाट निरन्तर संलग्नता र लगानीको आवश्यकतामा जोड दिएको छ । 

राष्ट्रसंघका अनुसार हाल विश्वभर जीवित  २३ करोडभन्दा बढी महिला तथा किशोरी महिला यौनाङ्गछेदनको सिकार भइसकेका छन् र उनीहरूलाई उपयुक्त स्वास्थ्य तथा संरक्षण सेवाको आवश्यकता छ । प्रत्येक वर्ष करिब ४० लाख किशोरी यो हानिकारक अभ्यासको सिकार हुने गरेका छन् भने  २० लाखभन्दा बढी पाँच वर्ष उमेर नपुग्दै यो पीडाबाट गुज्रिन बाध्य हुने गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले महिला यौनाङ्गछेदनविरुद्धको शून्य सहनशीलता दिवसमा महिला तथा किशोरीका अधिकार संरक्षण गर्ने प्रतिबद्धता पुनः नवीकरण गर्न आह्वान गरेका छन् । उनले भनेका छन्, “महिला र किशोरीहरू हिंसा र डरबाट मुक्त भएर बाँच्न पाउने सुनिश्चितता हाम्रो साझा दायित्व हो । सँगै मिलेर हामी यो अन्यायलाई सदाका लागि अन्त्य गर्न सक्छौँ ।”

यसैगरी, राष्ट्रसंघीय जनसंख्या र बालकोषले पनि प्रत्येक महिला, किशोरी तथा बालिकालाई यौनाङ्गछेदनबाट मुक्त जीवन बाँच्न पाउने सुनिश्चितताका लागि आवश्यक कार्य गर्न विश्व समुदायलाई आह्वान गरेको छ ।