२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

अ+ अ-

पाँचथर । पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ ।

फिदिम नगरपालिकाभित्रका २३ महिनाभित्रका सबै बालबालिकालाई १५ महिनाभित्र लगाउनु पर्ने सबै प्रकारका खोप लगाइएको निश्चित गरी  पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित गरिएको हो । 

फिदिम नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिनासम्मका २७३ जना बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै प्रकारका खोप लगाएको तथा १५ महिनाभन्दा कम उमेरका ५६२ जना बालबालिकाले निर्धारित खोप नियमित रूपमा लगाइरहेको यकिन गरी पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । 

फिदिम नगरपालिकामा खोप नलगाएका बालबालिकाको सङ्ख्या शून्य भएका आधारमा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगरपालिका घोषणा गरिएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए । फिदिम नगरपालिकाको कार्यालयमा शुक्रबार आयोजित घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेश सुनारले नगर प्रमुख काफ्लेलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरे। 

नगर प्रमुख काफ्लेका अनुसार यस वर्ष फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चितता दीगोपना घोषणा गर्ने कोशी प्रदेशको पहिलो नगरपालिका बनेको छ । तर गाउँपालिकाले भने यसअघि नै पूर्ण खोप सुनिश्चित घोषणा गरिसकेका छन् । पाँचथरकै हिलिहाङ र याङवरक गाउँपालिकाले यसअघि नै पूर्ण खोप सुनिश्चित घोषणा गरेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख सुनारले जानकारी दिए। 

सठचालिस हजार ८१० जनसङ्ख्या रहेको फिदिम नगरपालिकामा १५ महिनाभन्दा कम उमेरका ५६२ जना, १५ महिनादेखि २३ महिनासम्मका २७३ जना र २४ महिनादेखि ५९ महिनासम्मका एक हजार ६१७ जना बालबालिका रहेका छन् । 

यस क्रममा फिदिम नगरपालिकाले सबैभन्दा पहिले पूर्ण खोप सुनिश्चित घोषणा गर्ने वडा नं ९ लुम्फाबुङ, उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य चौकी लालीखर्ककी स्वास्थ्यकर्मी मञ्जु सेलिङ, अगुवा स्वास्थ्यकर्मी रमादेवी न्यौपाने, उत्कृष्ट कार्यसम्पादन गर्ने रानीटार स्वास्थ्य चौकी र उत्कृष्ट भूमिका निर्वाह गर्ने अगुवा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका नरमाया रिमाललाई प्रशंसा पत्र प्रदान गरेको छ ।