२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभालाई बुढापाका थन्काउने र पराजित नेता व्यवस्थापन गर्ने थलो नबनाउन आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य तारामान स्वारले राष्ट्रिय सभाको सन्दर्भमा केही सुधार आवश्यक रहेको बताएका छन् ।

सोमबार राष्ट्रिय सभामा बिदाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘संविधानले नै राष्ट्रियसभाप्रति असमानता गरेको र निर्णायक शक्ति प्रतिनिधि सभामा केन्द्रित गरेको छ । यसले गर्दा राष्ट्रिय सभा कहिलेकाहीँ प्रतिनिधिसभाको छायामा पर्ने गरेको छ ।’

यसमा सुधार गर्नुपर्ने उनको आग्रह छ । प्रवृत्तिगत सुधार पनि आवश्यक रहेको उनले औँल्याए ।

उनले भनेका छन्, ‘यसलाई बुढापाका थन्क्याउने र दलहरूले निर्वाचनमा पराजित नेताहरूको व्यवस्थापन गर्ने दोस्रो सदन भएको जस्तो रूपमा बुझ्ने नकारात्मक प्रवृतिबाट राष्ट्रिय सभा पीडित बन्ने गरेको छ ।’

यसमा सुधारका लागि संविधानमा संशोधन र राजनीतिक दलहरूको दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेको उनले बताएका छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई/दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल सकिन्छ र नयाँ निर्वाचित भएर आउँछन् ।

राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ । २०७६ सालमा निर्वाचित १९ जना सदस्यहरूको कार्यकाल आगामी फागुन २० मा सकिँदै छ । त्यसअगाडि सभामा उनीहरूले बिदाइ सम्बोधन गरेका हुन् ।

स्वार अगाडि बोल्ने राष्ट्रिय सभा सदस्य डा. बेदुराम भुसालले पनि आगामी दिनमा राष्ट्रिय सभा प्रतिनिधि सभाको प्रति छाया जस्तो नबनोस् भन्ने कामना गरेका थिए ।

सांसदहरू इन्दिरादेवी गौतम, मायाप्रसाद शर्मा र शारदा देवी भट्टले सांसदको भूमिका र जनताको अपेक्षाको विषयमा चर्चा गरे । नागरिकले सांसदलाई विकासको एजेण्टको रूपमा बुझ्ने गरेको उनीहरूले बताए । नागरिकलाई समेत सांसदको भूमिका बुझाएर नीति निर्माणमै सांसदहरूलाई केन्द्रित गर्नुपर्ने उनीहरूको आग्रह छ ।

अर्का सांसद सुमित्रा बिसीले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन नसकिएको बताइन् ।