काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष तथा धनुषा निर्वाचन क्षेत्र नम्बर-३ का उम्मेदवार राजीव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सहभागी भएका छन्।
एक औपचारिक कार्यक्रममार्फत उनलाई रास्वपाका तर्फबाट सोही क्षेत्रका उम्मेदवार मनिष झाले स्वागत गरेका थिए। कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका अन्य नेता तथा कार्यकर्ताले पनि रास्वपामा प्रवेश गरेको जनाइएको छ।







