२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपाले माग्यो मुख्यमन्त्री शाहको राजीनामा

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुदूरपश्चिम प्रदेश सरकारलाई ‘चिरनिद्रामा’ रहेको आरोप लगाउँदै मुख्यमन्त्री कमल बहादुर शाहको राजीनामा मागेको छ।

साबिक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीचको एकताको परिणामस्वरूप प्रदेश सभामा ठूलो दल बनेको नेकपाले बुधवार पत्रकार सम्मेलन गरी सरकारविरुद्ध १२ बुँदे अभियोग सार्वजनिक गरेको हो।

दलका नेता खगराज भट्टका अनुसार, सरकारको दोस्रो कार्यकालको आधाभन्दा बढी समय बितिसक्दा पनि प्रदेश सरकार अस्थिर, निष्क्रिय र दिशाहीन भएको छ।

नेकपाले प्राकृतिक विपत्ति, दुर्घटना र अन्य संकटको बेला सरकारले विज्ञप्ति र रकम घोषणा बाहेक ठोस पहल नगरेको आरोप लगाएको छ। भट्टले बैतडी बस दुर्घटनाको प्रभावकारी छानबिन नहुने, भूकम्प, बाढी, पहिरो पीडितहरूको पुनर्स्थापना काममा कमजोरी रहेको उल्लेख गरे।

त्यस्तै, प्रदेश राजधानी कार्यान्वयनमा असफलता, आवश्यक कानुन निर्माणमा ढिलाइ, बजेट कार्यान्वयन कमजोर हुनु, मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयसम्म बेथिति, अस्पतालमा नियुक्ति ढिला हुनु, संगठन र व्यवस्थापन सर्वेक्षण गर्न नसक्नु सरकारको लाचारी हो भन्ने नेकपाको ठहर छ।

नेकपाले नीति आयोगमा बेथिति, अपारदर्शी खर्च, सर्वोच्च आदेश कार्यान्वयनमा ढिलाइ, अस्थायी कार्यालय स्थापना, ऐन नबनाई गठन आदेशलाई प्राथमिकता दिनु, र समग्र रूपमा सुशासन तथा पारदर्शिता अभाव रहेको आरोप पनि लगाएको छ।

१२ बुँदे अभियोगप्रति सरकार गम्भीर नबने अवस्था देखिएमा नेकपाले जनआन्दोलनसम्मको विकल्प खुला रहेको चेतावनी दिँदै मुख्यमन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेको छ।