काठमाडौँ । विशेष अदालतले त्रिभुवन विश्वविद्यालयका सहपरीक्षा नियन्त्रक डिल्लीराम प्रसाईँलाई झुटा विवरण पेस गरेकोमा दोषी ठहर गर्दै ६ महिना कैद सजाय सुनाएको छ।
विद्यावारिधि गरेको भनेर झुटा विवरण पेस गरेको ठहर गर्दै विशेषले दस हजार जरिवाना पनि तोकेको छ ।
बुधबार विशेष अदालत काठमाडौँका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले प्रसाईँलाई कैद सजाय सुनाएको हो।
सह परीक्षा नियन्त्रक पदमा नियुक्ति भई कार्य गरी सकेको र हाल सो पदमा आवेदन दिनका लागि निजको योग्यता पुगेको विषयमा विवाद नभएको अवस्था समेतलाई विचार गरी सोही दफा ११ (१) बमोजिम निज प्रतिवादी डिल्लीराम प्रसाईँलाई ६ महिना कैद र दस हजार रुपैयाँ जरिवाना गरिएको फैसलामा उल्लेख छ ।







