२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

अ+ अ-

तनहुँ । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार ६३१ जनाले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म उक्त सङ्ख्यामा बिरामीले उपचार सेवा लिएका हुन् ।

कार्यालयका अनुसार श्रावण महिनामा दुई हजार ६५३, भदौमा एक हजार ८९९, असोजमा एक हजार ४८३ जना बिराीले उपचार सेवा लिएका छन् । यसैगरी कात्तिकमा दुई हजार १३७, मङ्सिरमा तीन हजार ८२२ र पुस महिनामा चार हजार ६३७ जना रहेका छन् ।

पछिल्लो समय प्रदेश आयुर्वेद चिकित्सालयमा उपचार गर्न आउने बिरामीको आकर्षण बढ्दै गएको वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले जानकारी दिए । उनले भने, ‘ “आयुर्वेदिक उपचार विधिलाई प्रभावकारी बनाइएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।”

चिकित्सालयमा तनहुँसहित जिल्लाको सिमानामा पर्ने गोरखा, लमजुङ, स्याङ्जा, कास्कीलगायत स्थानबाट पनि उपचारका लागि बिरामी आउने गरेका छन् । कार्यालयले सञ्चालनमा ल्याएको बहिरंग सेवाबाट सबैभन्दा धेरै छ हजार १६३ जनाले सेवा लिएका छन् ।

यसैगरी, पञ्चकर्मबाट पाँच हजार ९०६, योग सेवाबाट तीन हजार १०७, फिजियोथेरापीबाट एक हजार ८६, प्रयोगशालाबाट १५९, स्तनपायी आमा तथा शिशु सेवाबाट ७६, शिरोधाराबाट २९ र क्षारसूत्रमा एक जना लाभान्वित भएका छन् । विशेषगरी ग्याष्ट्रिक, बाथरोग, नसारोग, छालाजन्यका बिरामी उपचारका लागि बढी आउने गरेको कार्यालय प्रमुख एवं आयुर्वेद डा नारायण श्रेष्ठले बताए ।