काठमाडौँ । कोशी सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा प्रदेश मामिला समितिमा पेश गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार आयोजना छनोट तथा वर्गीकरण आयोजना बैंक व्यवस्थापन कार्यविधिलाई संशोधन गर्न आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा लैजाने निर्णयसमेत गरिएको छ ।
त्यस्तै आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेशबाट कार्यान्वयन हुने समग्र र विशेष अनुदानका आयोजना राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय पनि गरिएको छ ।







