२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन तयारीबारे जानकारी लिन प्रधानमन्त्री कार्कीले गरिन् सोलुखुम्बु र भोजपुरको भ्रमण 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन तयारी र वस्तुस्थितिबारे जानकारी लिने क्रममा सोलुखुम्बु र भोजपुर जिल्लाको भ्रमण गरेकी छन्। 

प्रधानमन्त्री कार्कीले सोलुखुम्बुको नाम्चे र सल्लेरीमा स्थानीय बासिन्दा र सरकारी निकायका अधिकारीहरूसँग छलफल गरेकी हुन्। 

सल्लेरीमा मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डे, प्रमुख सेनानी विजय प्रकाश आङदेम्बे, प्रहरी नायव उपरीक्षक मनोजित कुँवर, सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पाण्डेय, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा छलफल भएको थियो। 

सल्लेरीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित एक कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पोखरेल र प्रमुख जिल्ला अधिकारी केसीले निर्वाचन तयारीबारे जानकारी गराएकी थिइन्।  

शान्ति सुरक्षाका दृष्टिले कुनै समस्या नरहेको, यहाँको जनजीवन शान्त रहेको र हालसम्म मौसमी प्रतिकूलता पनि नदेखिएको  प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिइन्।

विगत केही वर्षयताको मौसमी विवरण हेर्दा फागुनमा हिमपात भएका घटना कम रहेको पनि उनले बताइन्। 

केही गरी हिमपात भइहाले उच्च हिमाली क्षेत्रका केही स्थानमा वैकल्पिक व्यवस्था गर्नुपर्ने हुन सक्ने उनको भनाइ थियो।

प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको प्रगतिप्रति खुसी व्यक्त गर्दै आगामी निर्वाचन शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरिन्।

‘यो निर्वाचन सामान्य अवस्थाको नियमित प्रकृतिको नभएर विशेष अवस्थामा हुन लागेको हो। त्यसैले यसलाई विशेष तयारीका साथ सम्पन्न गर्नुपर्छ। सकेसम्म धेरै मतदाता सहभागी गराउन हाम्रो प्रयास रहनुपर्छ । स्वतन्त्र र विश्वसनीय वातावरणमा धेरैभन्दा धेरै मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्छ। त्यसका लागि हामीले सकेको सबै प्रयत्न गर्छौँ, गर्नुपर्छ। फागुन २१ गते एकै दिनमा देशभर एकसाथ निर्वाचन हुन्छ।’

सल्लेरीबाट प्रधानमन्त्री कार्की नेतृत्वको टोली भोजपुर पुगेको थियो । भोजपुरमा पनि उनले मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश नारायणप्रसाद दाहाल र जिल्लास्थित सुरक्षा प्रमुखहरूसँग अन्तर्क्रिया गरिन्।

त्यस क्रममा जिल्लामा भइरहेको निर्वाचनको तयारी र सुरक्षा योजनाका विषयमा जानकारी गराइएको थियो । 

भोजपुरमा पनि सुरक्षासँग सम्बन्धित चुनौती खासै नरहेको जिल्ला सुरक्षा प्रमुखहरूले जानकारी दिएका छन् ।