२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रन फर फन’ दौडको उपाधि ओली र बस्नेतलाई

अ+ अ-

खोटाङ । महाशिवरात्रि तथा २६३औँ नेपाली सेना दिवसका अवसर खोटाङमा आयोजना गरिएको ‘रन फर फन’ दौड प्रतियोगिताको उपाधि खिमबहादुर ओली र दीपा बस्नेतले जितेका छन् ।

नेपाली सेनाको दिक्तेलस्थित रणभीम गण मुडे ब्यारेकले आयोजना गरेको दौड प्रतियोगिताको पुरुषतर्फ रणभीम गणका ओली र महिलातर्फ केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी बस्नेत उपाधि जितेका हुन् ।

महिला/पुरुष दुवैमा पाँच किलोमिटर दूरीको दौड प्रतियोगिताको पुरुषतर्फ मुडे ब्यारेकका लेखराज पुनमगर द्वितीय, सागर नेपाली तृतीय र केपिलासगढी गाउँपालिका–३ बास्पानीका सूर्यराज राई सान्त्वना भएका छन् । महिलातर्फको प्रतियोगितामा रणभीम गण मुडे ब्यारेककी पुष्पा अवस्ती द्वितीय, अस्मिता महतो तृतीय र दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूलकी छात्रा मन्दिरा थापा सान्त्वना भएका छन् ।

पुरुष तथा महिलातर्फ दुवै प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने धावकलाई क्रमश: नगद रु पाँच हजार रु तीन हजार, रु दुई हजार र रु एक हजारको मेडल प्रदान गरिएको छ ।

प्रतियोगिताका विजेता धावकहरूलाई प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछाने, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बूढाथोकी र सशस्त्र प्रहरी बल का सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेले पुरस्कार वितरण गरेका थिए ।

यसैबीच, सबैभन्दा कम उमेरमा सहभागी भएर निर्धारित दूरीको दौड पूरा गर्नुभएकी हिलसाइड एकेडेमी दिक्तेलमा अध्ययनरत छात्रा १२ वर्षीया रोशिका दाहाललाई सम्मान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ १५१ जना र महिलातर्फ ५४ जनाको सहभागिता थियो ।

दिक्तेल बजारको रत्नपार्कस्थित किरातचोकबाट सुरु गरिएको दौड प्रतियोगिता अल्छेढुङ्गा हुँदै भालुखोला पुगेर पुन: फर्किएपछि रत्नपार्कबाट मानव अधिकारचोक हुँदै माटिकोरे खेलमैदानमा पुगेर टुङ्ग्याइएको थियो । रणभीम गण मुडे ब्यारेकले गत वर्षको महाशिवरात्रि तथा सेना दिवसमा पनि सर्वसाधारणलाई सहभागी गराएर ‘रन फर फन’ दौड प्रतियोगिता आयोजना गरेको थियो ।