२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अब राज्य संरचना र नागरिक सुरक्षामा जोखिम दोहोरिन दिनु हुँदैन’ : गगन थापा

अ+ अ-

काठमाडौँ । मुलुकले विगतमा भोगेका राजनीतिक तथा सुरक्षा सम्बन्धी अस्थिरता पुनः नदोहोरिने सुनिश्चितता गर्दै आगामी चरणमा परिणाममुखी शासन सञ्चालन आवश्यक रहेको धारणा व्यक्त गरिएको छ । 

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले जनअपेक्षा अनुसार राज्य सञ्चालन गर्नु अहिलेको मुख्य चुनौती भएको बताएका हुन् ।

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सर्लाही जिल्ला क्षेत्र नं. ४ बाट उम्मेदवार रहेका उनले मतदातासँगको भेटघाटका क्रममा आगामी पाँच वर्ष सरकारको कार्यसम्पादन परीक्षणको समय हुने उल्लेख गरे । देश सञ्चालनमा उत्साहसँगै अनुभव र ऊर्जा दुवै आवश्यक रहेको उनको भनाइ थियो ।

नागरिकलाई प्रत्यक्ष उपलब्धि अनुभूति गराउने अवस्था सिर्जना गर्न ढिलाइ गर्न नहुने उल्लेख गर्दै उनले सबै राजनीतिक शक्तिहरूबीच सहकार्य कायम गरी स्थायित्वतर्फ उन्मुख नीतिगत निर्णय आवश्यक रहेको बताए । पार्टीले कार्यसम्पादनमार्फत नतिजा देखाउने प्रतिबद्धता जनाउँदै उनले प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, कृषि लगायत जनजीवनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र सुधारमा ध्यान केन्द्रित गरिने जानकारी दिए ।