२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टुँडिखेलमा अमेरिकी सेनाको सहभागिताबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले नेपाली सेना दिवसको अवसरमा आयोजित कार्यक्रममा विदेशी सैनिक टोलीको सहभागिताप्रति आपत्ति जनाउँदै सरकारसँग आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा जारी विज्ञप्तिमा टुँडिखेलस्थित सैनिक मञ्चमा अमेरिकी सेनाले प्रदर्शन गरेको गतिविधि राजनीतिक दल तथा आम नागरिकलाई पर्याप्त जानकारी नदिई सम्पन्न गरिएको आरोप लगाइएको छ।

विज्ञप्तिमा विदेशी हस्तक्षेपसम्बन्धी बहस चलिरहेका बेला सरोकारवाला पक्षको जानकारी र सहमति बिना यस्तो कार्यक्रम आयोजना हुनु राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतासँग सम्बन्धित संवेदनशील विषय भएको उल्लेख गरिएको छ। उक्त कार्यप्रति असन्तुष्टि जनाउँदै जिम्मेवार निकायले तत्काल स्पष्टता दिनुपर्ने माग गरिएको छ।

पार्टीले मुलुकको स्वाधीनतासम्बन्धी विषयप्रति सतर्क रहनुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक परे प्रतिरोधका कार्यक्रमका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई आग्रहसमेत गरेको जनाएको छ।