२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

अ+ अ-

नेपालगन्ज । बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय ‘अण्डा’ फेला परेको छ । 

नेपालगन्जको जमुनाह क्षेत्रमा संयुक्त बजार अनुगमन टोलीले अवैध भारतीय कुखुराको ‘अण्डा’ विभिन्न पसलहरूबाट फेला परेका हो ।  नेपाल सरकारले पन्छी र पन्छीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लागेको अवस्थामा कुखुराको सेतो ‘अण्डा’ जमुनाहका पसलमा फेला परेको पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ । 

“हामीले जनाचेतना फैलाउने र अवैध कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले बजार अनुगमन गरिरहेका छौँ”, पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा हरेराम यादवले भने । उनले विगत १० वर्षदेखि भारतबाट पन्छी र पन्छीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाइएको उल्लेख गर्दै भारतबाट अवैध रूपमा ल्याएको कुखुरा वा अण्डा नेपालमा ल्याउन निषेध गरिएको बताए। 

क्वारेन्टाइनको संयुक्त अनुगमन टोलीले १७ बढी मासु तथा होटल र पसलमा अनुगमन गरी सचेत गराउँदै केही पसललाई कारबाहीस्वरूप ‘अण्डा’ जफत गरी नष्ट गरेको जनाएको छ । सो टोलीले १५ क्यारेट बढी ‘अण्डा’ बरामत गरी नष्ट गरेको थियो । 

अनुगमन टोली बजारमा अनुगमनमा एक्कासि गएपछि पसल सञ्चालकले पहिले जानकारी दिएर अनुगमन गर्न आउनुपर्ने भन्दै केहीवेर विवाद समेत गरेका थिए । पशु सेवाविज्ञ केन्द्र, बाँकेका वरिष्ठ पशु चिकित्सक डा.गणेश पुनले अनुगमन गर्दा जानकारी दिए कमजोरी लुकाउने प्रयास हुने उल्लेख गरे। पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख वरिष्ठ पशु चिकित्सक यादवको नेतृत्वमा भएको सो बजार अनुगमन भएको थियो ।

 मासु पसलको अनुगमनमा  केही पसल बिना दर्ता सञ्चालन गरेको, सरसफाइमा ख्याल नगरेको, नवीकरण नगरेको र बिलबिजक सही नराखेको पाइएको थियो । 

अनुगमन टोलीले व्यावसायिक कुखुरा फार्मसमेतको निरीक्षण गरेको थियो । अनुगमन टोलीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्ज, घरेलु तथा साना उद्योग महासंघ, नेपालगन्ज उपमहानगरपालिका पशु सेवा शाखा, सीमा सुरक्षा गुल्म जमुनाह, बोर्डर आउट पोस्ट जयसपुर, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय जमुनाहालगायतका प्रतिनिधि तथा प्रमुख थिए ।