२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि र पर्यटनको विकाससँगै सुशासन अभिवृद्धि गराउने प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नं २ का उम्मेदवारहरूले कृषि र पर्यटनको विकाससँगै सुशासन अभिवृद्धि गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

भरतपोखरी विकास मञ्च, पोखरा महानगर-३३ द्वारा कास्की क्षेत्र नं २ बाट दलगत तथा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उम्मेदवारसँग आज आयोजित ‘जनतासँग उम्मेदवार-उम्मेदवारसँग जनता’ विषयक साक्षात्कारमा उनीहरूले नयाँ पुस्ताले माग गरेको सुशासनसँगै यस क्षेत्रको विकासका लागि कृषि र पर्यटनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार हेमबहादुर थापा पराजुलीले जेन जेड आन्दोलनका क्रममा उठेको भ्रष्टाचाररहित समाज निर्माणको विषयलाई आफूले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार दीपक भण्डारीले विद्यमान प्रशासनिक झन्झटलाई सहज बनाउँदै सरकारी सेवालाई सहज एवम् प्राथमिकता बनाउन पहल गर्ने बताए । उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पर्यटनको राजधानी पोखरामा विद्यमान फोहर व्यवस्थापनको समस्या समाधान गराउने उल्लेख गरेका छन् ।

नेपाल जनमुक्ति पार्टीका उम्मेदवार ख्यामबहादुर गुरुङले कृषि र पर्यटनको विकासबाटै यस क्षेत्रको विकास गर्न सकिने बताए । स्वतन्त्र उम्मेदवार विष्णुप्रसाद तिवारीले आत्मनिर्भर कृषि उद्यमको विकास लगायतका विषयलाई प्राथमिकतामा राखिने बताउँदै शिक्षाको सुलभतासँगै करको दर घटाउने लगायतका विषयमा जोड दिने बताएका छन् ।

यस क्षेत्रबाट १७ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा कूल मतदाता ८४ हजार १३४ जना रहेका छन् भने मतदान केन्द्रको सङ्ख्या ९७ रहेको निर्वाचन कार्यालय पोखराले जनाएको छ ।