९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अभिभावकविहीन बालबालिकाको हेरचाहमा पारिवारिक प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा मन्त्री वादीको जोड

अ अ+ अ-

काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले अभिभावकको संरक्षणबाट वञ्चित बालबालिकाको हेरचाहमा संस्थागत व्यवस्थाभन्दा परिवारमा आधारित वैकल्पिक हेरचाह प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् ।

राष्ट्रिय तथ्यांक कार्यालय र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को आयोजनामा आज ललितपुरमा आयोजित बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी क्रियाकलापको अन्तरराष्ट्रिय वर्गीकरण (आइकेयर) सम्बन्धी राष्ट्रिय अन्तरक्रियामा उनले बालबालिकाको सर्वोत्तम हित, भावनात्मक सुरक्षा र सर्वांगीण विकासका लागि पारिवारिक वातावरण अपरिहार्य रहेको बताइन् ।

“संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा सीमित गर्दै पारिवारिक पुनर्मिलन, नातेदारको हेरचाह र संरक्षित परिवारजस्ता परिवारमा आधारित वैकल्पिक हेरचाहलाई प्रवर्द्धन गर्नु नै बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्ने दिगो र मानवीय मार्ग हो ।” उनले भने ।

मन्त्री वादीले बालबालिकासम्बन्धी सूचना व्यवस्थापन प्रणाली र सामाजिक सूचना व्यवस्थापन प्रणालीलाई स्थानीयकरण गरी प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्ने काम मन्त्रालयले अघि बढाएको जानकारी दिए स्थानीय तहबाटै बालबालिकाको नियमित र यथार्थ तथ्यांक संकलन हुन सके राष्ट्रियस्तरमा उनीहरूको अवस्थाको स्पष्ट चित्र प्राप्त हुने उनको भनाइ थियो ।

आइकेयर वर्गीकरण प्रणालीले औपचारिक बालगृहदेखि नातेदारको हेरचाह, अनौपचारिक संरक्षण तथा अन्य वैकल्पिक हेरचाहका स्वरूपलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार परिभाषित र वर्गीकरण गर्ने भएकाले नेपालको सन्दर्भअनुकूल सूचक निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

0 Comments