काठमाडौँ । नेकपा एमालेले विघटित प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरू नयाँ संसद् आएको तीन महिनाभित्र पारित गर्ने प्रतिबद्धता जनाएको छ ।
‘अघिल्लो संसद्कालमा विचाराधीन रहेका विधेयकहरू नयाँ प्रतिनिधिसभाको बैठक बसेको तीन महिनाभित्र पारित गर्नेछौँ’ एमालेले बिहीबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा छ ।
२१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनबाट आउने प्रतिनिधि सभाको बैठक बसेको तीन महिनाभित्र विघटित प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरू पारित गर्ने प्रतिबद्धता एमालेले जनाएको हो ।
२७ भदौ २०८२ मा प्रतिनिधिसभा विघटन भएसँगै ३० वटा विधेयक निष्क्रिय भएका थिए ।






