२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय महिला फुबटल प्रतियोगिताको उपाधि एपिएफलाई

अ+ अ-

गाईघाट (उदयपुर) । जिल्लाको गाईघाटस्थित थरुहट रंगशाला मैदानमा भएको राष्ट्रिय महिला फुबटल प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरीको (एपिएफ) ले उपाधि जितेको छ ।

आज त्रिभुवन आर्मी र सशस्त्र प्रहरी एपिएफबीच भएको फाइनल खेलमा २–१ गोल अन्तरले एपिएफले उपाधि जितेको हो । एपिएफका तर्फबाट गीत रानाले एक र रेनुका नगरकोटीले एक गोल गर्दै आर्मीविरुद्ध जित हासिल गरेको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

आर्मीको तर्फबाट जेनीफर राणाले एक गोल गरेकी थिइन् । फाइनलमा महिला राष्ट्रिय फुबटल प्रतियोगितामा प्रथम हुने एपिएफले रु सात लाख ५० हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको त्रिभुवन आर्मीलाई रु पाँच लाख पुरस्कार प्रदान गरिएको एन्फा महासचिव किरण राईले बताएका छन् ।

आजको खेलको प्ले अफ दी म्याच एपिएफकी गीता रानालाई घोषणा गरिएको छ । उनले रु सात हजार प्राप्त गरेकी छिन् । खेल अवधिभरिमा बढी गोल गर्ने एपिएफकी रश्मीकुमारी घिसिङलाई रु ५० हजार पुरस्कार प्रदान गरिएको आयोजक एन्फाले जनाएको छ ।

खेल अवधिभरि उत्कृष्ट समूहमा नेपाल प्रहरी घोषित भएको छ । प्रहरीको टिमलाई रु ५० हजार नगद पुरस्कार वितरण गरिएको आयोजकले बताएको छ । खेल अवधिभरिको बेस्ट गोलकिपर एपिएफकी अञ्जना राना मगरलाई र खेलभरिका महत्वपूर्ण खेलडी आर्मीकी दीपा शाहीलाई घोषणा गरिएको भन्दै दुवैलाई जनही रु ५० हजार प्रदान गरिएको एन्फा महासचिव किरण राईले बताएका छन् ।

प्रथम, दोस्रो हुने टिम र खेलभरि विभिन्न उत्कृष्ट प्रदर्शनी गर्ने खेलाडीलाई त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत, कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार, एन्फाका महासचिव राई र नेपाली सेना १८ नं बाहिनी प्रमुख बिमल बस्नेतले पुस्कार वितरण गरेको आयोजक एन्फा र सहआयोजक जिल्ला फुटबल संघ उदयपुरले जनाएको छ ।

यही फागुन १ गतेदेखि सुरु भई आजसम्म सञ्चालन भएको राष्ट्रिय महिला फुबटल प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए । खेल नकाउटको आधारमा सञ्चालन गरिएको आयोजकले बताएको छ । नेपालमा पहिलोपटक उदयपुरमा भएको राष्ट्रिय महिला फुबटल प्रतियोगिता गाईघाटस्थित थरुहट रङ्गशाला खेलमैदानमा भएको थियो । आर्थिक सहयोग फिफा रहेको थियो भने रमपम चाउचाउको प्रायोजनमा खेल सञ्चालन गरिएको थियो ।